अनलाईन भिडियोलाई mp3 को रुपमा डाउनलोड गर्ने कि ?

कहिलेकाही तपाईंलाई लाग्दैन कि तपाईं youtube अनी यस्तै अरु कुनै भिडियो sharing साईटबाट भिडियो हेर्दै हुनु हुन्छ र तपाईंलाई उक्त भिडियोको sound मात्र आफ्नो कम्प्युटरमा save गर्न ?? जस्तै त्यहा तपाईंलाई मन पर्ने गीतको भिडियो चल्दै छ तर तपाईंलाई त्यो भिडियोको sound मात्र mp3 फरम्याटमा चाहिएको छ ।

यसको लागि तपाईंले अन्लाईनमा थुप्रै बिकल्पहरु पाउनसक्नु हुन्छ । तपाईंले यो प्रकृयाको लागि कुनै software इन्सटल गर्नु पर्ने जरुरी पर्दैन । अन्लाईन बाटै तपाईंले यो प्रकृया सजिलै गर्न सक्नु हुन्छ । यहाँ तल यस्तै केही साईटहरुको लिस्ट दिईेएको छ जुन साईटहरुको मद्दतले तपाईंले अन्लाईन भिडियोलाई सजिलै mp3 मा convert गरी आफ्नो कम्प्युटरमा save गर्न सक्नुहुनेछ ।


साईटहरुको link मा जान सम्बन्धित title वा image मा क्लिक गर्नुहोला

1. video2mp3




2. Make it mp3



3. Mp3ify



4. Video Droid



5. Vid To Mp3



6. Youtube mp3


7. Video to mp3



8. Youtube to mp3



Article from kyamazza.blogspot.com

तपाईंको कम्प्युटरको Antivirus ले काम गरिरहेको छ ?


तपाईंले आफ्नो कम्प्युटरमा virus सुरक्षाको लागि अबस्य पनि कुनै Antivirus Software install गर्नु भएकै होला , तर तपाईंले install गर्नु भएको Antivirus ले राम्रो सँग सुरक्षाको काम गरी रहेकै छ त ? तपाईंले कसरी भन्न सक्नु हुन्छ कि मैले चलाई राखेको Antivirus ठीक छ र virus हरुलाई block गरिरहेको छ भनेर । के हामीले आफ्नो Antivirus software ले काम गरी रहेको छ कि छैन भनेर चेक गर्न सक्दैनौ ? European Institute for Computer Antivirus Research (EICAR) ले यस्तै एउटा फाइल Developed गरेको छ जुन फाइल द्वारा हामी आफ्नो Antivirus software चेक गर्न सक्छौ । तल लेखिएको code लाई कपि गरेर notepad मा पेस्ट गर्नुहोस् र कुनै नाम .com दिएर save गरिदिनुहोस् जस्तै: virus.com ।

X5O!P%@AP[4\PZX54(P^)7CC)7}$EICAR-STANDARD-ANTIVIRUS-TEST-FILE!$H+H*

यो फाइललाई डेस्कटपको location मा save गर्नुहोस् यदि तपाईंको Antivirus ले यो फाइललाई कम्प्युटरमा Run हुन दिएन अथवा Threats को रुपमा block गर्‍यो भने तपाईंको Antivurus ठीक छ भन्ने थाहा पाउनुहोस् नत्र यदि आफ्नो Antivirus ले यो फाइललाई block गरेन भने आफ्नो कम्प्युटरको Antivurus चेन्ज गर्ने तिर लाग्नुहोस् ।
ट्राइ गर्नुहोस् , मैले त आफ्नो Antivurus चेक गरिसके र मेरो Antivirus ले यसलाई Threats को रुपमा block गर्‍यो ।

यदि तपाईंलाई यो code राखेर फाइल बनाएर run गर्दा आफ्नो कम्प्युटरमा खराबी आउने हो कि भनेर डर लागेको छ भने यहाँ क्लिक गरेर यसको बारेमा पढेर ढुक्क भएर मात्र माथि भनिए जस्तो गर्नु होला ।

How to reset password in Windows ?

कम्प्युटरमा आफ्नो एकाउन्ट त हामी धेरै जनाले खोलेका छौँ । आफ्नो एकाउन्ट आँफु बाहेक अरु कसैले नचलाउन भनेर हामीले आफ्नो एकाउन्टलाई Password protected पनि बनाँउछौँ । तर कहिलेकाँहि हामी आफ्नो password नै  बिर्सन्छौँ र आफ्नो कम्प्युटरलाई format गरीदिन्छौँ जसले गर्दा हाम्रो अति महत्वपूर्ण फाइल delete हुन पुग्छ । तर एउटै कम्प्युटरमा २ वटा वा सो भन्दा बढि एकाउन्ट  भए password हराएको एकाउन्टको password reset गर्न सकिन्छ । त्यसका लागी तल लेखिएको कुरालाई password थहा भएको एकाउन्टबाट गर्नुपर्छ ।

१. पहिला पासवर्ड थहा भएको एकाउन्ट खोलेर Windows Key + R एकैचोटि थिच्नहोस् ।
२. Run Dialogue खुलेपछि cmd टाईप गरेर OK मा क्लिक गर्नुहोस ।
३. Command Prompt  खुलेपछि "control userpasswords2" टाईप गरेर ENTER थिच्नुहोस् ।
४. एउटा dialogue box खुल्ने छ । त्यसमा जुन  एकाउन्टको पासवर्ड रिसेट गर्ने हो, त्यसलाई क्लिक गर्नुहोस ।

५. अब  "Reset Password" मा क्लिक गर्नुहोस  ।
६. मुनि देखाए झैँ एउटा अर्को Dialogue खुल्नेछ ।

७. "New Password" मा नयाँ पासवर्ड टाईप गर्नुहोस र फेरी "Confirm new password" मा त्यही पासवर्ड टाईप गरेर "OK" मा क्लिक गर्नुहोस ।
८. तपाईँको पासवर्ड रिसेट भयो ।

Hello ! I'm Aashish. Thank you for visiting this brand new Nepali Blog. I'm trying to make this blog as  good as I can. I want to add amazing and interesting facts, downloadable Nepali songs, best quiz and IQ Questions with answers and many other interesting things to this blog. If you have such articles, please send them to me at aashish.ktd@live.com. I will publish them to this blog. Please give me your suggestions too.