कम्प्युटरमा आफ्नो एकाउन्ट त हामी धेरै जनाले खोलेका छौँ । आफ्नो एकाउन्ट आँफु बाहेक अरु कसैले नचलाउन भनेर हामीले आफ्नो एकाउन्टलाई Password protected पनि बनाँउछौँ । तर कहिलेकाँहि हामी आफ्नो password नै बिर्सन्छौँ र आफ्नो कम्प्युटरलाई format गरीदिन्छौँ जसले गर्दा हाम्रो अति महत्वपूर्ण फाइल delete हुन पुग्छ । तर एउटै कम्प्युटरमा २ वटा वा सो भन्दा बढि एकाउन्ट भए password हराएको एकाउन्टको password reset गर्न सकिन्छ । त्यसका लागी तल लेखिएको कुरालाई password थहा भएको एकाउन्टबाट गर्नुपर्छ ।
१. पहिला पासवर्ड थहा भएको एकाउन्ट खोलेर Windows Key + R एकैचोटि थिच्नहोस् ।
२. Run Dialogue खुलेपछि cmd टाईप गरेर OK मा क्लिक गर्नुहोस ।
३. Command Prompt खुलेपछि "control userpasswords2" टाईप गरेर ENTER थिच्नुहोस् ।
४. एउटा dialogue box खुल्ने छ । त्यसमा जुन एकाउन्टको पासवर्ड रिसेट गर्ने हो, त्यसलाई क्लिक गर्नुहोस ।
५. अब "Reset Password" मा क्लिक गर्नुहोस ।
६. मुनि देखाए झैँ एउटा अर्को Dialogue खुल्नेछ ।
७. "New Password" मा नयाँ पासवर्ड टाईप गर्नुहोस र फेरी "Confirm new password" मा त्यही पासवर्ड टाईप गरेर "OK" मा क्लिक गर्नुहोस ।
८. तपाईँको पासवर्ड रिसेट भयो ।

No comments:
Post a Comment